Post by Wow Development Quality Assurance Pvt. Ltd.
21,387 followers
Bidhya Rai @nepalnews: AI: Artificial Intelligence: Data Centers: nepal: no rules: policies: laws: bylaws: suspicious: संशयमा डेटा सेन्टर विद्या राई १७ असार २०८३: सरकारले देशकै पहिलो एआई डेटा सेन्टर स्थापना गर्ने घोषणा गरेपछि यससम्बन्धी चासो र बहस बढेको छ। गत १५ जेठमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा काठमाडौँको स्युचाटारमा ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गर्ने उल्लेख छ। बजेट घोषणामा कम्प्युट केन्द्रले स्वच्छ जलविद्युत् प्रयोग गरी हजारौँ एआई प्रोसेसिङ युनिट सञ्चालन गरेर स्वदेशी स्टार्टअप र उद्यमीहरूलाई सहुलियत दरमा उच्चस्तरीय कम्प्युटिङ सुविधा उपलब्ध गराउने भनिएको छ। यसबाट एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास अर्थमन्त्री वाग्लेले व्यक्त गरेका छन्। डेटा सेन्टर बनाउने भनिएको स्युचाटार काठमाडौँको प्रमुख व्यापारिक केन्द्र न्युरोडदेखि पश्चिमतर्फ करिब ६ किलोमिटर दूरीमा पर्छ। यो ठाउँ नागार्जुन नगरपालिकाको वडा नं. ७, ९ र १० मा फैलिएको छ। स्युचाटारको कुन क्षेत्रमा कम्प्युट केन्द्र स्थापना गर्न लागिएको हो भनेर सरकारले खुलाएको छैन। एआई डेटा सेन्टरको विषय बजेटमै समेटिएर आएपछि देशमा डेटा सेन्टरको आवश्यकता, सम्भाव्यता, डेटासँग जोडिएको राष्ट्रिय सुरक्षा, सामाजिक तथा वातावरणीय प्रभावका विषयमा बहस भइरहेको छ। खासगरी, डेटा सेन्टर बनाउन लाग्ने ठूलो लगानी, सञ्चालनका लागि आवश्यक पर्ने गुणस्तरीय र अविच्छिन्न विद्युत्, ठूलो परिमाणको पानी, स्थानीयले बोक्नुपर्ने प्रदूषणको भार आदिबारे अध्ययन नगरी महत्त्वाकांक्षी परियोजनाको चर्चा गरिएको भनेर पनि टिप्पणी भइरहेको छ। बजेटमा डिजिटल अर्थतन्त्र निर्माणका लागि भौतिक र प्राविधिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले डेटा सेन्टर स्थापनामा गर्न खोजेको के हो, आर्थिक हिसाबले यो कति सम्भव छ र यसका जोखिम के के छन् भन्ने पाटो चासोका विषय बनेका छन्। https://lnkd.in/dkWXgw6n