Post by Wow Development Quality Assurance Pvt. Ltd.

21,492 followers

tony: hagen: nepal: jiri: dolakha: kaflelava: lava kafle: birthplace: thulopatal: jiri: municipality: 9: and main jiri: lincoln: bajar: street: market: Setopati @anita koirala: switzerland: help: nepal: swiss collaboration: टोनी हेगनको 'नमूना जिरी' अनिता कोइराला अनिता कोइराला साउन जिरीको लिङ्कन बजारको मुटुमै रहेछ होटल यार्सा। झोला बिसाएर केहीबेर आराम गर्यौँ। हामी सबैभन्दा अगाडि आएछौँ। व्यवस्थापन टिमका साथीहरू सबै अतिथिलाई वासको व्यवस्था मिलाउने धमाधममा हुनुहुन्छ। भवानी दिदी भन्नुहुन्छ, ’लु जाऔँ तल गाई आनुवांशिक स्रोत केन्द्र।’ भवानी दिदीमा ऊर्जाको भेल अचम्म किसिमले बगेको देख्छु। न गोडा थाकेका छन् न उत्साह। सँगै आएका कोही साथी गलित-थकित छन् तर हामीलाई भवानीको ऊर्जाले तानेर आलस्य त स्वाट्ट हटायो। लागेको थियो गाडीबाट झरेपछि त आरामको ओढ्ने ओढेर पल्टिन्छु। जिरीको सौन्दर्य त दबाई पनि पो रहेछ। गाडीको थकाइ त जिरीको स्वच्छताले छुमन्तर तुल्यायो। हामी ऊर्जावान् भयौँ। बेहुलीझैँ सिँगारिएको जिरीको गाढा हरियाली हेर्दै ओरालिन्छौँ जिरी खोलाको तीरैतीर। बजारभन्दा तल छन् प्रशासनिक भवनहरू। देखिन्छ सडकको देब्रेतिर शान्त गुम्बा। लाग्छ जङ्गलकै काखमा हामी हिँड्दै छौँ। सम्मोहित पार्ने मौसम छ। टिपेर राख्न खोज्छु जिरीको जादूमयी सौन्दर्य आँखाको नानीमा। जिरीको नयनाभिराम सौन्दर्य आँखाबाट पोखिन खोज्छ। कता कता पो हेर्नु, जता हेरे पनि मोहनी लाग्लाझैँ छ। जिरी प्राविधिक शिक्षालय लेखेको बोर्डनजिकै गएर फोटो पनि खिचाउँछौँ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) अन्तर्गत सञ्चालित यो संस्था २०३९ सालमा स्थापना भएको रहेछ स्वीस सरकारको सहयोगमा आरम्भ भएको यो शिक्षालय नेपालकै लोकप्रिय र प्रतिष्ठित संस्था हो। प्रकृतिको यो सुरम्य काखमा ग्रामीण विकासका लागि प्राविधिक तथा व्यावसायिक सीप प्रदान गरेर दक्ष जनशक्ति उत्पादन गर्ने यसको उद्देश्य कति राम्रो! यो शिक्षालय नेपालमा प्राविधिक शिक्षाको आरम्भ विन्दुमध्ये एक हो। यहाँबाट सीप सिकेर नेपालका धेरै युवाहरूले आफ्नो व्यवसाय आरम्भ गरेका रहेछन्। मेरी कान्छी छोरी पनि सिभिल इन्जिनियरिङ नै पढ्दै छ। अहो! यो सुन्दर ठाउँमा बसेर प्राविधिक विषय पढ्ने बाबुनानीहरू कति भाग्यमानी! प्रकृतिको यो प्रशान्त धरामा बसेर पढ्न पाउँदा मन कति शान्त र सन्तुलित हुन्छ होला। यहाँ डिप्लोमा इन कृषि (बाली विज्ञान र पशु विज्ञान), सिभिल इन्जिनियरिङ र डिप्लोमा इन फार्मेसीको पढाइ हुँदोरहेछ। https://lnkd.in/gcMxcBqK

Post content