Post by Wow Development Quality Assurance Pvt. Ltd.

21,457 followers

TechPana report: case filed against a driver and a manager after they get number of a girl: and send viber: message texts videos: chats: midnght: drunk: "एउटा महिलाको नम्बर लेउ ! काठमाडौंमा अपार्टमेन्टमा बस्छे, एकदम सोलिड छे, मैले पनि कामकुरो ... सकेको छु, तिमी पनि एकचोटि ट्राइ गर !" गणेशले उपलब्ध गराएको नम्बर आयुषले तत्काल ट्रुकलरमा चेक गर्दा Solo (सोलो) भन्ने नाम देखायो । त्यसपछि उनले आफ्नो मोबाइलमा सो नम्बरलाई त्यही नाममा सेभ गरे । सुकुटेबाट फर्किएपछि आयुषले सो नम्बरमा केही पटक फोन गरे, तर फोन उठेन । त्यसपछि उनले उक्त नम्बरको भाइबरमा रातको ११ बजेपछि अश्लील फोटो तथा भिडिओहरू पठाए । प्रहरी बयानका क्रममा आयुषले गल्ती स्वीकार गर्दै भनेका छन्, "मैले ती महिलालाई यौनकर्मी हुन सक्ने ठानेर नै भाइबरमा त्यसरी अश्लील भिडिओ पठाउने कार्य गरेको हुँ ।" जब कि, पीडित महिलाका तर्फबाट कुनै पनि 'रिप्लाई' वा दोहोरो कुराकानी भने भएको थिएन । यता, चालक गणेश चालिसेले भने आफूमाथिको आरोप अस्वीकार गरेका छन् । उनले आयुषसँग सुकुटे बीच घुम्न गएको स्वीकार गरे पनि मादक पदार्थ सेवन गरेर त्यसरी जिस्काउँदै महिलाको नम्बर दिएको कुरा झुटो भएको दाबी गरेका छन् । पार्ट-टाइम डेलिभरीको काम गर्ने क्रममा ती महिलाको घरमा सामान पुर्‍याउन जाँदा उनका साथीबाट सो नम्बर पाएको र मोबाइलमा सेभ रहेको उनले बताएका छन् । तर, आयुष पौडेलले प्रहरी समक्ष गणेश चालिसेलाई नै सनाखत गरिदिएपछि यस अपराधमा गणेशको प्रत्यक्ष संलग्नता (नम्बर उपलब्ध गराई सहयोग गरेको) पुष्टि भएको प्रहरी दाबी छ । https://lnkd.in/gbZiVK6S

Post content