Post by SK Gurung

CEO of Chandani Manpower Nepal

नेपाली कांग्रेसका सभापतिलाई सम्राट गुरुङको खुला पत्र आदरणीय सभापति Gagan Thapa ( Gagan Thapa Secretariat , Gagan Thapa : Energy with Experience )ज्यू, नमस्कार। जय नेपाल। हिजो राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन समारोहमा यहाँको उपस्थिती र मन्तव्य सुन्दा हामीजस्ता लोकतन्त्रप्रेमी नेपाली तथा रुखको छहारीमा हुर्केका कांग्रेसी परिवारलाई नेपाली कांग्रेसप्रति पुनः गर्वको अनुभूति भयो। विशेष महाधिवेशनपछिको नेतृत्वप्रति हामीमा आशा र अपेक्षा अझ बलियो बनेको छ। हिजोको भाषणमा चितवनको १८ सालको आन्दोलन र त्यस क्रममा बलिदान दिने १८ जना सहिदहरूको प्रसंग उठाउँदा मेरो मन भावविह्वल बन्यो, मेरो पुर्खा मेरो हजुरबुबा सहिद हरि प्रसाद गुरुङलाई सम्झिए। आफ्ना पुर्खाहरूको त्याग सम्झँदा गर्व पनि लाग्यो। जब तपाईंले रास्वपाका कार्यकर्ताहरूलाई “तपाईंहरू उभिएको जमिन १८ जना सहिदको रगतले सिञ्चित छ” भन्नुभयो, त्यसबेला एउटा प्रश्न पनि मनमा उठ्यो-के नेपाली कांग्रेसले ती सहिदहरूप्रति आफ्नो कर्तव्य पूरा गर्न सकेको छ?...

Post content