Post by Shakti Basnet
Former Member of Parliament Nepal, House of Representative (Jajarkot)
स्वच्छ वातावरणमा बाँच्न पाउनु प्रत्येक नागरिकको अधिकार हो, र समतामूलक समाजको एक महत्वपूर्ण आधार पनि। निजी स्वार्थ र चरम राष्ट्रवादले निम्त्याएको वातावरणीय जोखिमको मारमा आज विशेषतः कम विकसित राष्ट्रहरू, श्रमिक वर्ग तथा सीमान्तकृत समुदायहरू परिरहेका छन्। वातावरणीय न्याय सुनिश्चित गर्दै विकास र वातावरणबीच सन्तुलन कायम गर्नु वर्तमानको आवश्यकता र दिगो भविष्यको आधार पनि हो। न्यायपूर्ण र दिगो भविष्य निर्माणका लागि प्रतिबद्ध बनौँ। 🌍💚 विश्व वातावरण दिवस २०२६ को हार्दिक शुभकामना! 🌱🌏 #WorldEnvironmentDay #EnvironmentalJustice #ClimateAction #GreenFuture #SustainableDevelopment #Sustainable and Equitable Nepal #EnvironmentProtection #JustTransition