Post by SA News Sikkim
207 followers
मङ्गन, १४ जुलाई – विशेष गहन पुनरावलोकन SIR २०२६ अन्तर्गत मङ्गन जिल्लामा मतदाता सूची पुनरावलोकन कार्यको प्रगति र आगामी सुनुवाई प्रक्रियाको तयारीको समीक्षा गर्न सिक्किम सरकारको योजना तथा विकास विभागका सचिव तथा निर्वाचन नामावली प्रेक्षक तुषार जी. निखारेले मङ्गलबार मङ्गन जिल्लाको पहिलो आधिकारिक भ्रमण गरे। जिल्ला प्रशासनिक केन्द्र DAC, पेन्टोकस्थित उपायुक्त कार्यालयको सम्मेलन कक्षमा आयोजित बैठकमा उनले निर्वाचन तयारीको विस्तृत समीक्षा गरे। बैठकमा उपायुक्त तथा जिल्ला निर्वाचन अधिकारी अनन्त जैनले जिल्लामा जारी विशेष गहन पुनरावलोकन अभियानको प्रगति, मतदाता सूचीसम्बन्धी तथ्याङ्क र सुनुवाई प्रक्रियाको तयारीबारे जानकारी दिए। बैठकमा निर्वाचन पञ्जीकरण अधिकारी ERO, सहायक निर्वाचन पञ्जीकरण अधिकारी ERO, अतिरिक्त सहायक निर्वाचन पञ्जीकरण अधिकारी, संयुक्त सचिव (निर्वाचन) कर्मा शेर्पा तथा सिटिजन एक्शन पार्टीका प्रतिनिधिहरू पनि उपस्थित थिए। निर्वाचन प्रेक्षकले अधिकारीहरूलाई सबै प्रक्रियाहरू भारत निर्वाचन आयोगका निर्देशनहरूअनुरूप पारदर्शी, निष्पक्ष र समयबद्ध ढङ्गले पूरा गर्न निर्देशन दिए। उनले प्रत्येक नागरिकलाई आफ्नो कुरा राख्न उचित अवसर दिन, सबै मुद्दाहरूको व्यवस्थित दस्तावेजीकरण गर्न तथा SVEEP गतिविधिहरूको विस्तृत अभिलेख राख्न पनि जोड दिए। बैठकका क्रममा विभिन्न सम्भावित मुद्दाहरूमा छलफल गरी अधिकारीहरूका शंकाहरूको समाधान गरियो। अन्त्यमा तुषार जी. निखारेले जिल्ला प्रशासनको तयारीको प्रशंसा गर्दै आफूले आगामी भ्रमणमा सुनुवाई प्रक्रियाको पनि निरीक्षण गर्ने बताए। #SANewsSikkim #SIR2026 #VoterList #Mangan #Sikkim #ECI #ElectoralRoll #SVEEP #Democracy #TransparentElections