Post by Rajendra Uprety
Agriculturalist, Innovation facilitator, Nature-based solutions researcher & promotor, writer, nature/bird photographer
मेरो बन्दै गरेको नमुना कृषि फार्म सुदरहरैचा नगरपालिका मोरङको गोठगाउमा बिस्तारै कामहरू बढदैछन । केहि दिन अगाडी फार्म घरको भुमि पुजा गरियो । अब जग हाल्ने कुराहरू अगाडी बढेकाछन । मेरो जमिन र मेरा उदेश्यहरूलाइ एकिकृत गरेर बनाउन लागेको मेरो अनुसंधान र बिकास स्थलले बिस्तारै बिस्तारै मेरो मनमस्तिस्कमा प्रष्टता पाउदैछ । मेरो यो उमेरको रहरलाइ हेरेर/सुनेर आउने सबैखाले प्रतिकृयाहरू पाइरहेकोछु । फार्ममा काम गर्ने मानिसहरू नपाउने कुरा!! अरु श्रोतसाधन जुटाउन सहज नहुने कुरा!! प्रकृतिक प्रकोपका कुराहरू!! साथ दिने भन्दा हतोत्साहित बनाउनेहरू जताततै भएको बेला!! आखिर यो कुराबाट प्राप्ति चै के हुने? यो नगरी पनि जीवन त सहज चलिरहेकोछ । भौतिक दुनियाका अतृप्ति र खाँचो पनि खासै केहि छैन । अनि फेरी किन यो झमेला?? यो सब कुरा लेखिरहदाँ हौसला दिने र उत्सुकतासाथ मेरो कामलाइ हेरिरहेका पनि धेरै छन । जसले मलाइ सधै उत्साह थपिरहेकोछ । यो सब थाल्न लाग्दा मलाइ लागिरहेको कुरा भनेको चै के हो भने मैले नेपाल सहित ठूलो संसारको कृषिको विविधतालाइ नजिकबाट देखेकोछु । मैले पढेको विश्वविद्यालय Wageningen University & Research भनेको धेरै वर्षदेखि संसारकै कृषिको उत्कृष्ट विश्वविद्यालय हो । जसले संसारलाइ Efficient, दिगो र संतुलित कृषिका कुराहरू सिकाउछ । मैले त्यो कुराहरू नजिकबाट देखेको र सिकेकोछु । मैले सिकेको कुरा मैले हस्तान्तरण/पुस्तान्तरण गर्नु परो नी होइन र? जसरी नेपालमा कृषिका सकारात्मक कुरा भन्दा धेरै नकारात्मक कुराहरू हुन्छन, ति कुराहरू गलत हुन र हामी संभावनाले भरिएको देशमा बसेकाछौ भनेर बुझाउनु पर्यो नी । संसारमा जहाँ गए पनि मेहनत बिना त केहि फल्दैन । त्यसैको लागि सहज जीवनबाट केहि हटेर मैले यो काम गर्न तयारी गरिरहेकोछु । यस्तै उदेश्यहरू लिएर केहि समय पहिला मैले मेरो दोश्रो पुस्तक "मोडिएका पाइलाहरु: कथा कृषिकर्मीहरूका समृद्धिको" प्रकाशित गरेको थिए । जहाँ कृषि कर्मबाटै समुन्नत जीवन पाएका धेरै कृषिकर्मीहरूको कथा समेटिएकोछ । उनीहरूको निरन्तरको समर्पण र लगन लेखिएकोछ । अहिले धानखेतीको बर्षौको मेरो अनुभव संगालेर बिगत एक बर्ष देखि अर्को पुस्तकमा काम गरिरहेकोछु । सायद यो चाढै सकिएला । कमसेकम सिक्न चाहने र आफुलाइ परिस्कृत गर्न चाहने कृषिकर्मीहरूका लागि मेरा सिकाइहरू बाढन चाहन्छु । त्यसैको लागि म यी कामहरू गरिरहेकोछु र गरिरहनेछु । तपाइहरूका प्रतिकृया, सुझाव र आफ्ना अनुभवहरू मेरालागि उपयोगी हुनेछन । त्यसैले ति सबको प्रतिक्षा हुनेछ मलाइ ।। #farming #integration #learning #KnowledgeTransfer #agriculture #nepal