Post by NELUMBO, NEPAL

86 followers

NELUMBO, NEPAL र पाेखरा महानगरपालिका कार्यालय वडा नम्बर २० को सहकार्य र आयोजनामा २०७८ म‌ंसिर २४ र २५ गते मौजा स्वास्थ्य चौकीमा भएको "बृहत निशुल्क स्वास्थ्य शिविर" मा ४६६ जनाको नाम दर्ता गरिएको थियो । उनीहरु मध्ये ९७० वटा स्वास्थ्य सम्बन्धी सेवा लिएका थिए । शिविरमा २९६ जनाले सामान्य चेकजाँच गराएका थिए भने २०० जनाले हाडजोर्नी सम्वन्धी उपचार गराएका हुन् । शिविरमा १३३ जनाले दन्त परीक्षण, ७५ जनाले नाक, कान र घाँटी सम्वन्धी, ५७ जनाले महिला रोग सम्बन्धी , ५३ जनाले छालाको परीक्षण, ४७ जनाले भिडियो एक्सरे, ३४ जनाले मुटुको इसिजी र ६८ जनाले रगत र पिसावको परीक्षण साथै ७ जनाले युरोलोजी सम्वन्धी स्वास्थ्य परीक्षण गराएका हुन् । #healthcamp #chronicdisease #screening #awareness #treatment

Post contentPost contentPost contentPost content