Post by Health News Nepal
29 followers
बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन नेपालमा पछिल्लो समय काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा बर्ड फ्लु (Highly Pathogenic Avian Influenza–H5N1) को संक्रमण पुष्टि भएपछि पशु स्वास्थ्य, जनस्वास्थ्य तथा पोल्ट्री उद्योगको सुरक्षालाई मध्यनजर गर्दै नेपाल भेटेरिनरी एशोसिएसन (NVA) ले २४ सै घण्टा हटलाइन तथा निःशुल्क टेलिपरामर्श सेवा पुनः सञ्चालन गरेको छ। एशोसिएसनका अनुसार मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने पोल्ट्री क्षेत्रमा प्रत्यक्ष असर पार्ने बर्ड फ्लु एक तीव्र संक्रामक तथा जुनोटिक (Zoonotic) भाइरसजन्य रोग भएकाले किसान, पोल्ट्री व्यवसायी, मासु तथा अण्डा उपभोक्ता र सर्वसाधारणलाई सही सूचना, वैज्ञानिक परामर्श तथा आपतकालीन प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले यो सेवा पुनः सञ्चालन गरिएको हो।...