Post by Health News Nepal

29 followers

जनस्वास्थ्य क्षेत्रका पहिलो विज्ञ प्रा. डा. सुजन बाबु मरहठ्ठा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त नेपालमा उच्च शिक्षाको इतिहासमा नयाँ अध्याय थपिएको छ। विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ अन्तर्गत सञ्चालित खुला तथा प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले प्रा. डा. सुजन बाबु मरहठ्ठालाई पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त गर्नुभएको छ। यस नियुक्तिसँगै जनस्वास्थ्य (Public Health) क्षेत्रका विज्ञ पहिलो पटक नेपालको बहुविषयक विश्वविद्यालयको उपकुलपति बनेका छन्, जसलाई नेपालको उच्च शिक्षा तथा जनस्वास्थ्य क्षेत्रका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ, पोखरा विश्वविद्यालयको उप प्रध्यापक राजेश कुमार यादव ले जानकारी दिनुभयो।...

Post content