Post by Lava Kafle

Cybersecurity: AI: ML: DL: Software solutions architect: QA: Quality Assurance: Lecturer: XR: blockchain: kubernetes: healthcare: fintech: hiker: trekker: nepal

NEWS24 NEPAL @rama adhikari kadambari: write protecting virginity of paper: when she gets full bloom when written fully: author|: समीक्षा : कागजको संरक्षित कुमारीत्व रमा अधिकारी कादम्बरी रमा अधिकारी कादम्बरी सोमबार, असार ८, २०८३ समीक्षा : कागजको संरक्षित कुमारीत्व 1 ”फैलियो माया दुबो सरी कहिल्यै घटेन कहाँ राखूँ ! तिम्रो याद दिलमा अटेन” कुन उमेर र अभीप्सा भएको मनमा नगुन्जिएको होला र उल्लिखित गीत ! शब्दहरु बान्कीले विभूषित हुँदै समर्पणको रङ्ग भरेर अनमोल वाक्य गठन गरिएको यो गीत जसरी सर्वप्रिय छ उसैगरी परिचित छन्- गीतकार त्रिविक्रम पाण्डे । नेपाली साहित्यको हर याम र आयाममा उत्तिकै कलम चलाउन प्रखर दोलखाको सित्का, कालिञ्चोकका सन्तान सर्जक पाण्डेको नाम गुमनाम हुँदै होइन । पाण्डेको कलममा जादू छ भन्नु अतिशयोक्ति होइन । जब स्रष्टा पाण्डेको मनमा भावनाको प्रसव पीडा हुन्छ, कलमको टुप्पोबाट हठात् अभिधा, व्यञ्जना र लक्षणाको प्रादूर्भाव हुन्छ । हरेक लेखाइमा कालजयी सृजना पस्कन सफल हुन्छन् सर्जक पाण्डे । कल्पना र यथार्थको सङ्गम कुँदेर हरेक मान्छेकोे दिलमा अनावरण गर्ने कलामा अब्बल छन् लेखक । कर्मचारी सञ्चय कोषलाई आफ्नो कर्मथलो बनाएका पाण्डे आफैमा सभ्य र सौम्य व्यक्तित्व हुन् । न पदीय दम्भ, न परिचित व्यक्तित्व हुनुको घमण्ड । बस् ! कर्मचारी र सर्जकको दोहोरो भूमिका उृत्तिकै खास वहन गरेका पाण्डेका सिरेटो गीति एल्बम, फैलियो माया दूबोसरि गीति पुस्तक, तृप्त लघु कथा सङ्ग्रह, मन मदानी मुक्तक सङ्ग्रह, अंशियार गीत सङ्ग्रह तथा कागजको कुमारीत्व कविता सङ्ग्रह प्रकाशित छन् भने प्रश्नहरुको अवसान लघुकथा सङ्ग्रह, जागिर एक परिवेश अनेक संस्मरणलगायत कृतिहरु प्रकाशनको हाराहारी छन् । https://lnkd.in/gH484GBn

Post content